दफा १२१
बीमक खारेज हुँदा दायित्वको भुक्तानीमा प्राथमिकता
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बीमकको खारेजी हुँदा वा दामासाहीमा पर्दा दायित्वको भुक्तानी देहायको प्राथमिकताको आधारमा गर्नु पर्नेछ:-

(क) बीमक खारेजी वा दामासाहीको प्रक्रियामा लागेको

खर्च,

(ख) बीमितलाई भुक्तानी गर्नु पर्ने वा भुक्तानी गर्न बाँकी

रकम,

(ग) प्रचलित कानून बमोजिम नेपाल सरकारलाई

बुझाउनु पर्ने कर, दस्तुर र शुल्क,

(घ) प्राधिकरणलाई बुझाउनु पर्ने नियमन शुल्कको

रकम,

(ङ) बीमा मध्यस्थकर्ताले पाउने पारिश्रमिक वा

कमिशन,

_च) अन्य बीमकलाई भुक्तानी गर्न बाँकी बीमा

बापतको रकम, (छ) कर्मचारीलाई भुक्तानी दिन बाँकी तलब, भत्ता,

सञ्चय कोष, उपदान र अन्य रकम,

(ज) बीमकले व्यहोर्नु पर्ने अन्य दायित्व,

(झ) बीमकले भुक्तानी गर्नु पर्ने वा पूरा गर्नुपर्ने अन्य

कुनै दायित्व,

(ज) शेयरधनीले पाउने रकम ।